विरोध खतिवडालाई सहरी विकास मन्त्रालय

नवयुग संवाददाता
२२ आश्विन २०७८, शुक्रबार ११:१७

Advertisement

मकवानपुर । नेकपा एकीकृत समाजवादीले चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने भएको छ । केन्द्रीय सचिवालयको बैठकले राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय गरे पनि उनले फुल मन्त्री नपाए सरकारमा नजाने बताएका छन् ।

Advertisement

नेकपा एसका एक पदाधिकारीका अनुसार विरोध खतिवडालाई सहरी विकास, प्रेम आलेलाई पर्यटन, रामकुमारी झाँक्रीलाई स्वास्थ्य र किसान श्रेष्ठलाई श्रम मन्त्री बनाउने तयारी छ ।

Advertisement

भवानी खापुङले राज्यमन्त्री अश्वीकार गरे कृष्णलाल महर्जनलाई पठाइने सम्भावना रहेको एक नेताले बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*