पानीमा डुबेर दाङमा युवकको मृत्यु

नवयुग संवाददाता
२२ आश्विन २०७८, शुक्रबार १५:१६

Advertisement

दाङ । पानीमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–६ का २६ वर्षीय गुरुप्रसाद चौधरीको शुक्रबार बिहान डुबेर मृत्यु भएको हो ।

Advertisement

बिहान घरबाट निस्किएका उनी गाउँ नजिकैको खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका प्रहरी प्रमुख सुरेश काफ्लेका अनुसार लामो समयदेखि मृगी रोगको समस्याले पिरोलिएका उनका बारेमा अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*