फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

नवयुग संवाददाता
२२ आश्विन २०७८, शुक्रबार १५:४५

Advertisement

कास्की । स्पोर्ट्स क्यासल पोखराले पहिलो सस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि जितेको छ । शखंमुल फुटसललाई ४–२ ले हराउँदै स्थानिय टोली स्पोर्ट्स क्यासलले उपाधि जित्न सफल भएको हो ।

Advertisement

पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा स्पोर्ट्स क्यासललाई च्याम्पियन बनाउन किशोर गुरुङले ह्याट्रिक पुरा गर्दा विजय गुरुङले एक गोल गरे । शंखमुलका लक्ष्मण थापमगर र मणि लामाले गोल गरेपनि उपाधि जित्न पर्याप्त बनेन ।

Advertisement

खेलको पाँचौ मिनेटमा विजय गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई १–० को अग्रता दिलाए । १०औं मिनेटमा लक्ष्मण थापामगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए । २०औं मिनेटमा किशोर गुरुङले गोल गर्दे स्पोर्ट्स क्यासललाई २–१ को अग्रता दिलाए ।

Advertisement

२१औं मिनेटमा किशोर गुरुङले स्पोर्ट्स क्यासललाई ३–१ को अग्रता दिलाए । २२औं मिनेटमा मणि लामाले गोल गर्दौ शंखमुललाई ३–२ को अवस्थामा ल्याए । ३९औं मिनेटमा किशोर गुरुङले ह्याट्रिक पुरा गर्दै क्यासलाई ४–२ को जितसहित च्याम्पियन बनाए ।

शंखमुलले लगातार चौथो दिन चार खेल खेल्नुपर्दा फाइनलमा फाइनलमा स्पोर्ट्स क्यासललाई बलियो चुनौती पेश गरेपनि हार टार्न सकेन । फाइनलमा ह्याट्रिक पुरा गरेका किशोर गुरुङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे ।

राउन्ड रोविन लिगपछि शीर्षस्थानमा रहेर पहिलो क्वालिफायरबाट स्पोर्ट्स क्यासलले फाइनलमा स्थान बनाउँदा शंखमुल लिगमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर र दोस्रो क्वालिफायर खेल्दै फाइनलमा पुग्न सफल भएको थियो । यि दुई टोलीले लिगमा २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

लिगमा स्पोर्ट्स क्यासलले ११ खेल खेल्दा ९ जित, १ बराबरी र हारको नतिजा आत्मसात गरे । शंखमुलले १२ खेल खेल्दा ७ जित, ३ बराबरी र २ हारको नतिजा निकाल्यो ।

उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । २ देखि २२ असोजसम्म पोखरामा भएको लिगमा देशभरका १० टोलीले प्रतिस्पर्धा गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो ।

प्रदेश १ बाट फुटसल फाइभ र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स् रहेका थिए । गण्डकी प्रदेशबाट स्पोर्ट्स क्यासल, सविन मेमोरियल फुटसल क्लब र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसलले लिगमा स्थान बनाउँदा लुम्विनीकै झरना स्पोर्ट्स क्लब रुपेन्देहीले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए । लुम्बिनीका दुवै टोली नै रेलिगेसनमा परेका छन् ।

लिगको विंगर (एएलए–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*