ईपीएल क्रिकेटको उपाधि ‍चितवनलाई

नवयुग संवाददाता
२३ आश्विन २०७८, शनिबार १५:५१

Advertisement

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ।

Advertisement

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि उचालेको हो। चितवनलाई उपाधि दिलाउन भीम सार्कीले ६३, दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रनको योगदान गरे।

Advertisement

पोखराले दिएको ११२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गरेको हो। यसअघि ‍चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको पोखरा १७ ओभर पाँच बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो।

Advertisement

पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

पोखरालाई सस्तैमा समेट्न चितवनका कमल ऐरीले ४, करिम जनत र सीक्कुगे प्रशन्नाले २–२ तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए। पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*