वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

नवयुग संवाददाता
२४ आश्विन २०७८, आईतवार ०८:३७

Advertisement

काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन्। आज हुने प्रदेश बैठकबाट उनले विश्वासको मत लिन लागेकी हुन्। जसका लागि उनले संसदमा यस अघि नै प्रश्ताव पेश गरिसकेकी छिन्।

Advertisement

मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा (८८) २ बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव संसदमा पेश गरेकी हुन्।

Advertisement

उनले नेतृत्व गरेको दल एमाले विभाजन भएर उक्त दलका १२ सांसदले नेकपा एस रोजेपछि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

Advertisement

आज ११ बजेदेखि सुरु हुने वाग्मती प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश हुने वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*