इंग्ल्यान्डको फराकिलो जित

नवयुग संवाददाता
२४ आश्विन २०७८, आईतवार ०९:३७

Advertisement

काठमाडौं । इंग्ल्यान्डले गए राति फिफा विश्वकप छनोटमा एन्डोरामाथि ५–० को सहज विजय हासिल गरेको छ ।

Advertisement

इंग्ल्यान्डले बेन चिलवेलको गोलबाट १७औँ मिनेटमा अग्रता लिएको थियो । ४०औँ मिनेटमा बुकायो साकाले अग्रता दोब्बर बनाए । भ्रमणकारी इंग्ल्यान्डका लागि तेस्रो गोल टमी अब्राहमले ५९औँ मिनेटमा गरे । ७९औँ मिनेटमा जेम्स वार्ड र ८६औँ मिनेटमा वैकल्पिक खेलाडी ज्याक ग्रालिसले अर्को गोल थपेपछि इंग्ल्यान्डले सहज जित निकालेको हो ।

Advertisement

जितपछि सात खेलबाट १९ अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा यथावत् छ । त्यो दोस्रो स्थानको अल्बानियाभन्दा चार अंकले माथि हो ।

Advertisement

अल्बानियाले गए राति नै हंगेरीलाई १–० ले हराएपछि इंग्ल्यान्डले कतार विश्वकपमा स्थान पक्का गर्नका लागि अझै कुर्नुपर्ने भएको हो ।

इंग्ल्यान्डले अब हंगेरी, अल्बानिया र सन मारिनोविरुद्ध खेल्नेछ । त्यस्तै, अल्बानियाले अब पोल्यान्ड, इंग्ल्यान्ड र एन्डोराविरद्ध खेल्नेछ ।

१४ अंकका साथ तेस्रो स्थानमा रहेको पोल्यान्डले पनि गए राति सन मारिनोलाई ५–० ले नै हरायो । त्यसैले इंग्ल्यान्डले विश्वकपमा स्थान सुरक्षित गर्न अझै दुई खेल जित्नुपर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*