स्रोत नखुलेको १० लाख नगद सहित दुई जना पक्राउ

नवयुग संवाददाता
२४ आश्विन २०७८, आईतवार ११:३२

Advertisement

महोत्तरी। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँ सहित २ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनराशिश्वा नगरपालिका५ कटैया बस्ने ३४ वर्षीय दीपेन्द्र कुमार साह र भंगाहा नगरपालिका–७ बस्ने १८ वर्षीय किशोरी रहेका छन् ।

Advertisement

प्रहरीका अनुसार अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

Advertisement

उनीहरूलाई बरामद नगद सहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोडमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*