कर्णाली नदीमा डुंगा दुर्घटना, एक युवती वेपत्ता

नवयुग संवाददाता
२४ आश्विन २०७८, आईतवार १२:०३

Advertisement

कर्णाली । कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्।

Advertisement

सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो।

Advertisement

डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए।

Advertisement

उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो।

घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*