रुसको तातारस्तानमा विमान दुर्घटनाग्रस्त, १६ जनाको मृत्यु

नवयुग संवाददाता
२०७८, २४ आश्विन आईतवार १३:५८

Advertisement

काठमाडौं । रुसको तातारस्तान क्षेत्रमा एक शहर नजिक एल–४१० विमान आइतवार दुर्घटनाग्रस्त हुँदा १६ जना मारिएको र सातजना घाइते भएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ ।

Advertisement

विमानमा प्यारासुटबाट हाम्फाल्नेहरू सवार रहेको रुसको आकस्मिक मामिला मन्त्रालयले जानकारी दिएको छ । विमानको भग्नावशेषबाट सातजनालाई जिउँदै उद्धार गरिएको थियो ।

Advertisement

विमान दुईवटा इन्जिन भएको छोटो दायराको ट्रान्सपोर्ट एयरक्राफ्ट थियो ।

Advertisement

रुसको उड्डयन सुरक्षाको मापदण्ड हालैका वर्षमा सुधार भएको छ तर दुर्गम क्षेत्रहरूमा पुराना विमान दुर्घटनाग्रस्त हुने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*