कुमारी बैंकले ल्यायो ‘डिजिटल दक्षिणा’ अभियान

नवयुग संवाददाता
२६ आश्विन २०७८, मंगलवार ०८:२७

Advertisement

काठमाडौं । कुमारी बैंकले दसैँको अवसरमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । बैंकले कोरोना महामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदान–प्रदानमार्फत कम गरी परिवारबीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले योजना ल्याएको हो ।

Advertisement

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले अहिलेको अवस्थामा मानिसहरूबीचको भौतक दूरी बढाउन डिजिटल दक्षिणा अभियान सहयोगी हुने बताए । चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टीका, रङ तथा अन्य कारणले नोटहरू बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने उनको भनाइ थियो ।

Advertisement

यस अभियानअन्तर्गत बडादसैँमा दशमीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा लक्ष्मीपूजादेखि भाइटीकासम्म तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत गरिएको अन्तरबैंक रकमान्तरमा लाग्ने सेवाशुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने बैंकले जनाएको छ ।

Advertisement

बैंकले हाल देशभरमा एक सय ९६ शाखा, एक सय ७२ एटिएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*