जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

नवयुग संवाददाता
२६ आश्विन २०७८, मंगलवार १०:४२

Advertisement

काठमाडौं । ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Advertisement

३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका –१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई पक्राउ गरेको हो।

Advertisement

उनलाई प्रहरीले सोमबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

Advertisement

सत्यालले ती महिलालाई घर बनाउने काममा लगाएका थिए।

सोमबार त्यहीँ खाना बनाउने ठाउँमा बसिरहेकी महिलामाथि एक्कासि जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँले पाएको थियो।

सोही सूचनापछि प्रहरी चौकी टीकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*