रोल्पामा कांग्रेस कार्यकर्ताको घाँटी रेटेर हत्या

नवयुग संवाददाता
२०७८, २६ आश्विन मंगलवार १५:०६

Advertisement

रोल्पा । रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ। रोल्पा नगरपालिका–६ दार्बोटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो।

Advertisement

बुढाको आफ्नै घरमा घाँटी काटेको अवस्थामा शव फेला परेको रोल्पा प्रहरीले जनाएको छ। उनी गत साउन २३ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले क्षेत्रीय प्रतिनिधि बुढाको आइतबार राति हत्या भएको जानकारी दिए।

Advertisement
Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*