चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु

नवयुग संवाददाता
२७ आश्विन २०७८, बुधबार १५:३३

Advertisement

चितवन । पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्करखादा दुवैजना चालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा बजारमा प्र ३–०३–००१प ८४८० नम्बरको मोटरसाइकल र प्र ३–०३–००२ प ४८५ नम्बरको मोटरसाइकल आज बिहान करिब ९.४५ बजे ठक्कर खाएको थियो ।

Advertisement

दुर्घटनामा परि घाइते भएकामध्य खैरहनी नगरपालिका वडा नम्बर ८ निवासी ४५ वर्षिय चन्द्र बहादुर तिमिल्सीनालाई अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

त्यस्तै गम्भिर घाइते खैरहनी ९ निवासी २१ वर्षिय सुशान्त भण्डारीको उपचारको क्रममा दिउँसो करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*