लागु औषधसहित चारजना पक्राउ

नवयुग संवाददाता
२७ आश्विन २०७८, बुधबार १६:०८

Advertisement

रुपन्देही । रुपन्देही प्रहरीले लागु औषधसहित चारजनालाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका वडा २२ का २७ को सागर पोख्रेल र गोदावारी नगरपालिका वडा-१ प्रगतिनगर बस्‍दै आएका २० वर्षीय मधुकर बिश्वकर्मा, गैडहवा गाउँपालिका- ९ का ३४ वर्षीय दुर्गा राना र कन्चन गाउँपालिका-२ का १६ वर्षीय अशोक कुमार लोध रहेका छन् ।

Advertisement

उनीहरुको साथबाट प्रहरीले नुफिन ३७ सि।सी, फेनेग्रान ३७ सि।सी। ,डाइजेपाम ३७ सि।सी, नाईट्राभेट-८८ पिस, डाईजापाम -४८ पिस बरामद गरेको छ ।

Advertisement

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*