शेयर बजार ६० अङ्कले बढ्यो

नवयुग संवाददाता
२०७८, ३ कार्तिक बुधबार १५:२४


काठमाण्डौ – लगातार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज भने बढेको छ । नेप्से आज ६० दशमलव ५६ अङ्कले बढेर दुई हजार पाँच सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर ३२ अङ्कले, विकास बैंक समूहको एक सय ४१, व्यापारको ९०, होटलको ९२, फाइनान्सको एक सय २१ र माइक्रोफाइनान्स समूहको शेयर ९९ अङ्कले बढेको छ ।

Advertisement

यस्तै जलविद्युत् समूहको शेयर एक सय आठ अङ्कले, जीवन बीमा समूहको एक सय ८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय ४८, उत्पादन समूहको एक सय २२ र अन्य समूहको शेयर ६३ अङ्कले बढेको छ ।

Advertisement

आज दुई सय १७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाबाहेक सबैको शेयर बढेको छ । सबैभन्दा धेरै मैलुङ खोला हाइड्रो, आँखु खोला जलविद्युत्, युनिभर्सल पावर कम्पनी, सीईडीबी हाइड्रो र नेशनल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

Advertisement

आज नेप्से बढे पनि कारोबार सङ्ख्या र रकम भने घटेको छ । आज ६१ लाख एक हजार कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*