बीपी कोइरालाको आर्थिक विचारसम्बन्धी पूर्व गभर्नर नेपालको पुस्तक

नवयुग संवाददाता
२०७८, २२ मंसिर बुधबार २१:०८

Advertisement

काठमाडौं । बीपी कोइरालाका आर्थिक क्षेत्रसँग सम्बन्धित विचारहरूलाई समेटेर नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवी नेपालले लेखेको पुस्तक ‘बीपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक गरिएको छ ।

Advertisement

शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमा बीपी कोइरालाले आर्थिक विषयमा राखेको विचारलाई समेटिएको छ । २०३४ देखि २०३९ सालसम्म बीपीसँग गरेको संगतका साथै पाल्पा बहुमुखी क्याम्पस, चितवन, बुटवल, कपिलवस्तुलगायतका जिल्लामा गरेको भाषण र अन्य सोधहरूको अध्ययनका आधारमा पुस्तक प्रकाशन गरिएको लेखक नेपालले जानकारी दिए ।

Advertisement

पुस्तक विमोचन कार्यक्रममा उद्योगपति विनोद चौधरीले बीपीको सोच अहिले पनि सान्दर्भिक रहेको र पुस्तकबाट बिचार निर्माण गर्न सहयोग मिल्ने बताए । १३६ पेजको पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*