बिहे भएको ५ दिनमै मोटरसाइकल दुर्घटनामा ज्यान गयो

नवयुग संवाददाता
९ बैशाख २०७६, सोमबार २०:३२

तनहुँ । तनहुँको गुणादीमा सोमबार भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ना ६ ख ८४१० नम्बरको बस र विपरित दिशाबाट आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार पोखराका सन्दीप कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी सिर्जना राउत घाइते भएकी छिन् । उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको छ।

मृतक कुँवरको ५ दिन अगाडि मात्रै बिबाह भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*