हेटौंडामा भरोसा मल्टिपर्पोजले माग्यो १० कर्मचारी

नवयुग संवाददाता
१० बैशाख २०७६, मंगलवार १९:३९

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेर काम गर्दै आएको भरोसा मल्टिपर्पोज सर्भिसेजले मार्केटिङ पदका लागि १० जना कर्मचारीका माग गरेको छ । एक बहुराष्ट्रिय कम्पनीका लागि जनशक्ति चाहिएकोले १० जना कर्मचारीको माग गरिएको भरोसा मल्टिपर्पोज सर्भिसेजले जानकारी दिएको छ ।

हेटौंडामै रहेर काम गर्ने गरी कर्मचारी चाहिएको बताइएको छ । महिला वा पुरुष दुवैले आवदेन भर्न सक्ने सर्भिसेजका संचालक प्रविण गौतमले जानकारी दिए । आपसी सम्झौतामै तलब तोकिने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*