स्वार्थले भरिएको नेपाली समाज

मानवी बानियाँ
१३ बैशाख २०७६, शुक्रबार ०७:५८

समाज एकभन्दा धेरै मानिसहरुको समुदाय हो । समाजले एउटै रहन सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुहलाई बुझाउँछ ।

अनि समाज यो पनि होकी कोही कसैलाई आपत्त विपत्त पर्दा सहयोग गर्ने । समाजलाई हरेक ढंगबाट मानिसले परिभाषित गरेका छन् । तपाईले यो कुरा कत्तिको ख्याल गर्नु भएको छकि, वास्तवमै ती परिभाषित गरिएका कुराहरु विल्कुलै भेटिन्न् । अचेलका समाजका व्यतmी सबै आ—आफ्नै तालमा मस्त छन् । कोहि कसैलाई सहयोग चाहियो भने कानमा तेल हालेर बस्ने समाज जब आफुलाई काम आईपर्छ, अनि सहयोग चाहिन्छ हो त्यो बेला मा ब्युझीन्छन् । त्यो पनि बिच रात निद्रमा उठेका् बिँउझाई, आफु उठ्ने कहाँ हिडेको थाहाँ छैन् अरुकै भरमा सुरक्षित बिस्तारमा पुग्छन् । सहयोग त उसले लियो तर एकतर्फी । हो यस्तै खालका स्वार्थीले भरिएका छन् अचेलका समाज ।

उदाहरणको लागि बाटोमा एक्लै हिड्दै गरेको अवस्थामा बिना कारण कोही कसैले जिस्काउँछन् वा निँउ नै खोज्छन् र तपाईंले त्यो व्यतिmलाई किन यस्तो भनिस् भनेर सोध्दा त्यहाँ भनाभन त हुन्छनै । त्यो बीचमा वरीपरिका मान्छे पनि जम्मा भईसक्छन् । अब हेर्नुस्, तपाईलाई त्यहाँ के भयो बहिनी, के भयो भाई, के भयो दाई, के भयो दिदी भनेर सोध्ने मान्छे कोही भेटिन्छन् ? बस हाम्रो समाज त रमिता हेर्नको लागि मात्र लायक छ । अनि हामी आफैँ भन्छौ समाज किन परिवर्तन हुँदैन्? हामीलाई यो प्रश्न गर्दै गर्दा भित्रदेखिबाट लाज लागेर आउनु पर्ने हो ।

न यहाँ भाईको लागि उभिन तयार छ समाज न बहिनिको लागि । समाज चिनजान व्यक्तिको लागि मात्र होइन् अपरिचीत व्यक्तिको लागि पनि हो । तर यो कुरा कसैले बुझदैनन् । परिवार छ, दिदिबहिनी छ भन्नेहरुले अरुको दिदिबिहिनलाई किन आफ्नै दिदिबहिनि ठान्दैनन्? किन अफ्ठा्यारो परेको बेला बोल्न सक्दैन । के अपरिचित व्यक्ति आफ्नो दाजुभाई दिदिबहिनि सरह हुदैनन् र? यो मेरो समाजलाई प्रश्न ।

समाजका कोहि व्यतmीलाई समस्या परिहाले पनि हो तैले यस ठाँउमा गएर मुद्धा हाल, यसरी बोल भन्ने त्यहि समाजका व्यक्ति भोलि त्यस ठाँउमा जादाँ उ चुपचाप हुन्छन् एक शब्द बोली फुट्दैन् । उचाल्ने र पछार्ने यो त समाजको नियमनै होनी ।

समाजमा रहेका कामको जिम्मेवारी बहन गर्न नसक्ने समाज अरुले लिएको जिम्मेवारीमा मुद्धा मामिला हाल्न एककदम पनि पछि पर्दैनन् । कसरी हुन्छ यसको कामलाई रोक दिँउ कसरी हुन्छ यसलाई फसाईदिँउ । अनि अर्का व्यक्ति हुन्छन् त्यो फसेको त्यसको काम रोक्केको रमिता मैले कसरी हेर्न पाँउछु । तपाईले आज कुनै बाटो निर्माण गर्नुभएको छ हो त्यो कुरा केहि समय पछि सोध्नुस् त्यो समाजलाई त्यो बाटो कसले निर्माण ग¥र्यो भनेर त्यहाँ उत्तर कसैको आँउदैन् चुपचाप बस्छन् । हामी किन अरुको विरोधमा उत्रिन्छौ के समाज यसकै लागि बनेको हो भन्ने प्रश्न धरैको हुन सक्छ ।

केबल हामी समाजको सहयोग चाहान्छौ । मेरो छिमेकी मात्र होईन मेरो समाज, मेरो समाज हरेक ठाँउको व्यक्ति हो, मरो समाजनै देश हो, हो त्यहि देशबाट मलै सहयोगको अपेक्षा गरेकी हुँ । ताकि म कुनै अपरिचित ठाँउमा जाँदा पनि म सुरक्षित रहुँ समस्या अफ्ठरो पर्दा सहयोग पाउ आखिर यसकै लागि त होनी हाम्रो यो समाज ।

( लेखक मकवानपुरकी क्रियाशिल सञ्चारकर्मी हुन् । )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*