ग्रोथ सेलरले हेटौंडामा माग्यो २ असिस्टेन्ट अफिसर, तलब २० हजार माथि

नवयुग संवाददाता
१७ बैशाख २०७६, मंगलवार १९:३५


मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्थित स्कूल रोडमा रहेको ग्रोथ सेलर कम्पनी प्रा.लिमा २ जना असिस्टेन्ट अफिसरको माग गरेको छ ।

हेटौंडामा रहेर काम गर्ने गरी एक बहुराष्ट्रिय कम्पनीका लागि काम गर्ने गरी ग्रोथ सेलरले २ जना कर्मचारी माग गरेको हो ।

एक सूचना जारी गर्दै कम्पनीले तलब २० हजार रुपैयाँ भन्दा माथि हुने गरी २ जना असिस्टेन्ट अफिसर चाहिएको बताएको छ । आवेदकले स्नातक तहको अध्ययन पूरा गरेर स्नातकोत्तर अध्ययन गर्दै गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदन दिने व्यक्तिले कम्प्यूटरमा डिप्लोमा समेत गरेको हुनुपर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*