डाक्टर कुटपिटमा संलग्न ४ जना पक्राउ

नवयुग संवाददाता
२०८०, २८ भाद्र बिहीबार १४:२७

Advertisement

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा रहेको सञ्चो अस्पतालमा कार्यरतडाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

प्रहरीले कुटपिटमा संलग्न आमा छोरी छोरा र भतिजालाई आज ९बिहिबार० पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान अनुप र प्रधानलाई रहेका छन् । डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले बुधबार दुईजना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।

Advertisement

सिसिटिभि फुटेको आधरामा डाक्टरमाथि आक्रमण गर्ने मृतककी श्रीमति तथा छोरीलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता एवम डिएसपी लक्ष्मी भण्डारीले खबरब्रेकलाई बताए । आक्रमणमा संलग्न अन्यको विषयमा छानविन भैरहेको प्रहरीको भनाई छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*