रेडियो थाहा संचारको नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न

नवयुग संवाददाता
२०८०, २९ भाद्र शुक्रबार २१:२१

Advertisement

हेटौंडा । विन्दवासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा संचार ९९.६ एफएफले थाहा नारी रत्न सम्मान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement

मकवानपुरको रेडियो थाहा सञ्चारले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा हिरण्य नेपालका बालिकाहरुसँग दर खाएर तीज विशेष कार्यक्रम मनाएको हो । रेडियोले तीजको अवसरमा यस वर्ष थाहा नारी रत्नबाट बागमती प्र्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म हेटौंडाका प्रमुख एंव प्रहरी निरिक्षक चुडा कुमारी खड्कालाई सम्मान गरिएको छ ।

Advertisement

तीज विशेष कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ की खड्कालाई थाहा नारी रत्न सम्मानद्वारा सम्मान गरिएको हो । अन्राष्ट्रिय भलिवल खेलाडी समेत रहेकी खड्काले विभिन्न देशमा भएको प्रतियोगितामा भाग लिई पदकसमेत जित्न सफल हुँदै प्रहरी क्षेत्रमा प्रवेश गरी सेवामा सक्रिय रहेकी खड्कालाई सम्मान गरिएको हो । खड्का हाल बागमती प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत छिन् ।

Advertisement

सम्मान कार्यक्रममा बोल्दै खड्काले खेलक्षेत्रबाट प्रहरी सेवामा रहि निकै संघर्ष गरेर अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गरिन् । कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले तीजमा महिलाहरुले आफुलाई परेको समस्या दिदी बहिनीसँग पोख्ने र त्यसको समाधान खोज्ने अवसर पनि भएको बताए । मन्त्री मोक्तानले वक्ताहरुले हिन्दु महिलाहरुको महान पर्व तिज भड्किलो, खर्चिलो र देखावटी हुन नहुनेमा जोड दिएका थिए ।

रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष जुना दाहाल , महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णु कुमारी लामिछाने , हिरण्य नेपालका अध्यक्ष कल्पणा शर्मा , माईती नेपालका कार्यक्रम संम्योजक माया लामा , हिमराईट्सका कार्यक्रम संम्योजक कुमारी वाईबा , ग्र्रमीण महिला सेवा केन्द्रका सचिव अचला शर्मा , शान्ती फाउण्डेशनका जिल्ला अधिकृत सिता गुरुङ , साना हातहरु नेपालका स्टेशन म्यानेजर डिकम्बर रुपाचा , जनचेतना महिला साकोसका अध्यक्ष जुना दाहाललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*