औषधी व्यवसायी संघ मकवानपुरद्वारा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान
मकवानपुर । नेपाल औषधी व्यवसायी संघ मकवानपुरले दशैं,तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै १४ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रम केन्द्रिय अध्यक्ष प्रकाश कुमार खण्डेवालकोे प्रमूख आतिथ्यतामा हिजो (बुधवार) होटल स्मारकमा सम्पन्न भएको औषधी व्यवसायी संघका जिल्ला सचिव यादव अर्यालले जानकारी दिनुभयो । प्रमूख अतिथि खण्डेवालले विगत केहि दिनअघि स्वास्थ्यकर्मी लगाएत औषधी व्यवसायीहरु माथि भएकोे साङ्घतिक आक्रमणहरुमाथि सरकारको ध्यानाकर्षण गराउनुका साथै,शान्ति सुरक्षाको माग गर्नुभएको थियो ।
१४ औं राष्ट्र्यि महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु, नेपाल औषधी व्यवसायी संघ मकवानपुरकी केन्द्रिय सदस्य कोपिला जोशी, चितवनका विनोद खनाल र सरला विष्टलाई सम्मान गरिएको सचिव अर्यालले जानकारी दिनुभयो ।
औषधी व्यवसायी संघ मकवानपुरका जिल्ला अध्यक्ष नारायणमान श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा,औषधी व्यवस्था विभाग वीरगंजका प्रमूख किरण सुन्दर बज्राचार्य,हेटौंडा ११ की वडा अध्यक्ष जुना दहाल, बागमती प्रदेश औषधी व्यवसायी संघका अध्यक्ष ध्रुव नारायण श्रेष्ठ,चितवन जिल्ला औषधी व्यवसायी संघका अध्यक्ष विनोद कुमार तिमल्सीना, मधेश प्रदेशका महासचिव पप्पु कुमार झा लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मकवानपुर औषधी व्यवसायी संघका संथापक स्व. अध्यक्ष प्रजारज वैरेका श्रीमती रुद्रकुमारी वैरेलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमलाई महासचिव भरत बहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो ।