ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

नवयुग संवाददाता
२०८०, २० कार्तिक सोमबार १६:१५

Advertisement

तनहुँ । भिमाद नगरपालिका-६ स्थित सडकमा ग.१ त ४४४६ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार सोही नगरपालिका-६ जलौदे बस्ने ३३ वर्षीय मिन बहादुर सार्कीको सोमबार बिहान मृत्यु भएको छ ।

Advertisement

गम्भीर घाइते भएका उनको जिपि कोइराला राष्ट्रिय स्वास प्रस्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*