खोजी गर्न माग गर्दै विपीनका बुबाआमाले भेटे परराष्ट्रमन्त्री

नवयुग संवाददाता
२०८०, २ मंसिर शनिबार १३:२४

Advertisement

महेन्द्रनगर । विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसँग आग्रह गरेका छन् । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपीनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले तत्काल छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

Advertisement

मन्त्री साउदलाई विपीनका बुबाआमाले भने, “छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्यो ।” भीमदत्त नगरपालिका–३ घर भएका विपीनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए ।

Advertisement

भेटमा मन्त्री साउदले विपीनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी दिए । “कूटनीतिक माध्यमबाट विपीनको सकुशल रिहाइका लागि पहल जारी राखेका छौँ, हामी पनि यो घटनाबाट चिन्तित छौँ”, उनले भने ।

Advertisement

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ पुगेका थिए । असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपीनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन । उनी ४३ दिनदेखि हमासको नियन्त्रणमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*