दाउरा ल्याउने क्रममा ढुंगाले लागेर महिलाको ज्यान गयो

नवयुग संवाददाता
२०८०, ६ मंसिर बुधबार १४:२५

Advertisement

जुम्ला । कालिकोटमा दाउरा लिएर आउने क्रममा ढुंगाले लागेर एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार कालिकोट जिल्ला तिला गुफा नगरपालिका–७ राचुल्ली घर भएकी २२ वर्षिया कमला (वि.क) कामीको ढुंगा लागेर घाइते भइ ज्यान गएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार गाउँबाट केही टाढा दाउरा लिन हिँडिरहेको समयमा माथिबाट ढुंगा आइ टाउकोमा लागेर गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारको क्रममा ज्यान गएको हो ।

Advertisement

प्रहरी निरीक्षक तथा सूचना अधिकारी चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा कमलाको ज्यान गएको र पोष्ट मार्टम गरी दाहसंस्कारका लागि घर लगिएको जानकारी दिनुभयो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*