सर्लाहीमा दुई शिशुको शव भेटियो

नवयुग संवाददाता
२०८०, ११ मंसिर सोमबार ११:११

Advertisement

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा फोहोरमा फालिएको अवस्थामा दुई नवजात शिशुको शव फेला परेको छ।

Advertisement

मलङ्गवा नगरपालिका–९, स्थित सडक छेउमा थुपारिएको फोहोरको थुप्रोमा अन्दाजी ५–६ महिना जतिको देखिने मृत दुई शिशु फेला परेका हुन्।

Advertisement

बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

Advertisement

मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ। शिशु फाल्नेको खोजी सुरु गरिएको डिएसपी थारुले बताए।

अवैध सम्बन्धबाट गर्भ बसेपछि शल्यक्रिया गरी यी शिशु फालेको आशङ्का गरिए पनि यस सम्बन्धमा सूक्ष्म ढङ्गले अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*