धनुषामा परालले छोपेको अवस्थामा भेटियो महिलाको शव

नवयुग संवाददाता
२०८०, १२ मंसिर मंगलवार १५:२७

 

Advertisement

Advertisement

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

Advertisement

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरेको एसपी शर्माले जानकारी दिए ।

Advertisement

दुईरतीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*