जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नवयुग संवाददाता
२०८०, १५ मंसिर शुक्रबार १३:२३

Advertisement

झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बाल कुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*