‘एनिमल’ले तीन दिनमा कति कमायाे ?

नवयुग संवाददाता
२०८०, १८ मंसिर सोमबार १३:५२

Advertisement

एजेन्सी । रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’ ले बक्सअफिसमा कमाल गरिरहेको छ। तेस्रो दिन फिल्मले भारतभर ७५ करोड भारतीय रुपैयाँ कमाउँदै नयाँ रेकर्ड बनाएको छ।

Advertisement

पहिलो विकेन्डमा फिल्मले विश्वभर ३५५ करोड भारुको आकंडा पार गरेको छ। तीन दिनको अवधिमा घरेलु बक्सअफिसमा २०२ करोड भारु बढी कलेक्सन गरेर यसवर्षको दोस्रो ठूलो फिल्म ‘पठान’ को किर्तिमान तोडेको छ।

Advertisement

ग्लोबल बक्सअफिसमा ४२.१७ मिलियन कमाउँदै फिल्म शीर्ष स्थानमा छ। एनिमलले हंगर गेम र नेपोलियनजस्ता फिल्मलाई पछि पार्दै ग्लोबल बक्सअफिस शीर्ष स्थानमा हुने पहिलो भारतीय फिल्म बनेको छ। हलिउड फिल्म ‘नेपोलियम’ ले ३५ मिलियन डलर र ‘हंगर गेम’ को कमाई २९ मिलियन डलर छ।

Advertisement

रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन् जसमध्ये ११ फिल्म फ्लप र ९ हिट छन्। करियरको हिसाबले रणवीरका लागि ‘एमिमल’ धेरै महत्त्वपूर्ण छ। यस फिल्ममा रणवीर एक एंग्री यंग म्यानको भूमिकामा छन्, जुन उनको लभर केटाको छविभन्दा फरक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*