तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा

नवयुग संवाददाता
२०८०, २० मंसिर बुधबार १३:०१

Advertisement

काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो ।

Advertisement

सो क्रममा प्रहरीले सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेको छ । कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको भनाइ छ ।

Advertisement

त्यहाँबाट केही परिमाणमा सुनसमेत बरामद गरिएको छ । बरामद गरिएको सुनबारे भने अनुसन्धान भइरहेको भन्दै प्रहरीले खुलाउन चाहेन ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*