मध्य प्रदेशमा निर्वाचित ९० विधायकविरुद्ध आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

नवयुग संवाददाता
२०८०, २१ मंसिर बिहीबार ११:५६

Advertisement

एजेन्सी । भारतकाे मध्य प्रदेशमा विधानसभा चुनावको नतिजा गत आइतबार आइसकेकाे छ ।

Advertisement

यी नतिजाहरूपछि एसोसिएशन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)ले आफ्नो प्रतिवेदन जारी गरेको छ जसमा भनिएको छ, ‘राज्यमा २३० नवनिर्वाचित विधायक मध्ये ९० , अर्थात् लगभग ३९ प्रतिशत विधायकहरूविरुद्ध आपराधिक मुद्दाहरू विचाराधीन छन्।’

Advertisement

३४ जनाविरुद्ध गम्भीर मुद्दा विचाराधीन छन् र दोषी प्रमाणित भएमा ५ वर्षको जेल सजाय हुनेछ ।

Advertisement

रिपोर्टका अनुसार कुल ९० जना विधायकले आफ्नो उम्मेदवारीमा आफ्नो विरुद्धमा रहेका आपराधिक मुद्दाहरूको जानकारी दिएका छन्।

सन् २०१८ मा यो संख्या ९४ थियो। पाँच वर्षपछि अहिले यो संख्या ९० पुगेको छ । आपराधिक मुद्दा भएका यी ९० विधायकमध्ये ५१ भाजपाका, ३८ कांग्रेस पार्टी र एक जना भारतीय आदिवासी पार्टीका छन्।

प्रतिवेदनमा अर्को रोचक तथ्याङ्क यो छ कि राज्यमा २०५ निर्वाचित विधायकहरू अर्थात् लगभग ८९ प्रतिशत करोडपति छन्। यी करोडपति विधायकहरूमध्ये १४४ भाजपाका र ६१ कांग्रेस पार्टीका छन्।

गत विधानसभा चुनावको तुलनामा राज्यमा करोडपति विधायकहरूको संख्या बढेको छ। २०१८ विधानसभा चुनावमा, १८७ विधायक करोडपति थिए। -बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*