अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

नवयुग संवाददाता
२०८०, २१ मंसिर बिहीबार १३:४२

Advertisement

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पछिल्लो समय मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको बताएका छन् ।

Advertisement

प्रेस सेन्टरद्वारा आज महेन्द्रनगरमा  आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मुलुक अहिले अग्रगामी दिशातर्फ गइरहेकाले व्यवस्था उल्टिने  अवस्था होइन ।” उनले जनताको समस्या बुझ्नका लागि आफ्नो पार्टीले  विशेष रुपान्तरण अभियान सुरु गरेको बताए ।

Advertisement

“जनता र पार्टीको नङ र मासुको सम्बन्ध हुनुपर्छ”, उनले भने, “यसै अभियानअन्तर्गत पार्टीका नेता कार्यक्रता जनताको घरदैलोमा पुग्नेछन् ।” सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन परिणाममुखी काम गरिरहेको बताए ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*