मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ]

नवयुग संवाददाता
२०८०, २२ मंसिर शुक्रबार १३:२१

Advertisement


काठमाडौँ
। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक मौद्रिक समीक्षा गरेको छ।

Advertisement

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नीतिगतदरसँगै निक्षेप सकंलन बोलकबोल दरलाई समेत अधिकतम १.५ प्रतिशतले घटाएको छ ।

Advertisement

बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको हो । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

Advertisement

अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको जनाएको केन्द्रीय बैंकले यता बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतको रुपमासमेत शत प्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सो पश्चात उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने बताएको छ ।

पूर्णपाठ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*