मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुई जनाको ज्यान गयो, तीन वटा घर जलेर नष्ट

नवयुग संवाददाता
२०८०, २२ माघ सोमबार १४:१८

Advertisement

मुगु । मुगुको खत्याड गाउँपालिका-२ गोडेखोलामा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ । गएराति भएको आगलागीबाट तीन वटा घर जलेका छन् ।

Advertisement

लालके संज्याल, दीपक संज्याल र सन्दीप संज्यालको घर पूर्ण रुपमा जलेको वडाअध्यक्ष हेमराज मल्लले जानकारी दिनु भयो ।

Advertisement

आगलागीबाट लालके संज्यालका छोरा १४ वर्षका विशाल स‌ंज्याल र छोरी १२ वर्षकी झरना संज्यालको ज्यान गएकोे छ । राति लागेको आगो स्थानीय बासिन्दाको सहयोगमा आज बिहान मात्र निभाइएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*