लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

नवयुग संवाददाता
२०८०, ३ फाल्गुन बिहीबार १६:५२

Advertisement

बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका-२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय जमुनाह बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*