बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

नवयुग संवाददाता
२०८०, १९ चैत्र सोमबार १८:४२

Advertisement

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।

Advertisement

उनलाई ५६ जना सांसदले विश्वासको मत दिएका हुन भने, विपक्षीमा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टिको मत आएको छ । त्यस्तै राप्रपा भने तटस्थ बसेको छ।

Advertisement

सोमबार (आज) बसेको बागमती प्रदेश सभाको बैठकमा जम्कट्टेललाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका १ सांसदले विश्वासको मत दिएका हुन् ।

Advertisement

यसो त मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत पाउन हम्मेहम्मे परेको थियो । बागमतीमा मुख्यमन्त्रीको दावी गरेको एकीकृत समाजवादीले अन्तत: जम्कट्टेललाई समर्थन गरेर विश्वासको मत दिनेभएपछि उनको पक्षमा ५६ मत आउने भएको थियो ।

सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार जम्कट्टेलले चैत्र २० गतेसम्मा विश्वासको मत लिइसक्नुपर्ने थियो । उनले यसअघि २०७९ चैत्र १० मा विश्वासको मत लिएका थिए ।

बागमती प्रदेश सभामा ११० सदस्य रहेका छन् । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*