एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा

नवयुग संवाददाता
२०८०, २० चैत्र मंगलवार ११:२६

Advertisement

विराटनगर । विभागीय टिम एपिएफ विराट गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

Advertisement

विराटनगरको सहिद रङ्शालामा गएराती सम्पन्न खेलमा एपिएफले चर्च व्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफको जितमा प्रदिप लामा र अनिष महर्जनले एक-एक गोल गरेका थिए ।

Advertisement

आज मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।

Advertisement

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*