लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिएको राजिनामा स्विकृत

नवयुग संवाददाता
२०८०, २३ चैत्र शुक्रबार १२:४६

Advertisement

दाङ । लुम्बनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिएको राजिनामा स्विकृत गरिएको छ ।

Advertisement

प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीले हिजो दिएको राजिनामा आज स्विकृत गरेका हुन् ।

Advertisement

‘नेपालको संबिधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम तपाइले मिति २०८० चैत २२ मा दिनु भएको राजिनामा स्विकृत गरेको छ,’ प्रदेश प्रमुख शेरचनले पठाएको पत्रमा भनिएको छ, ‘यहाँले मुख्यमन्त्रीको रूपमा हालसम्म पु¥याउनु भएको योगदानका लागि धन्यबाद ज्ञापन गर्दछु ।’

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*