सरकारी अस्पतालका समस्या अध्ययन गर्न समिति गठन

नवयुग संवाददाता
२०८१, १९ जेष्ठ शनिबार ११:०८

Advertisement

मकवानपुर । सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न समिति गठन भएको छ । सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायतका समस्यालाई समाधान गर्ने उदेश्यले समिति गठन भएको हो ।

Advertisement

स्वास्थ्य मन्त्रालयकाअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित अध्ययन समितिमा डा. मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् । समितिले पहिलो चरणमा काठमाण्डौ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको स्थलगत अनुगमन गरेर दुई हप्ताभित्र अध्ययन प्रतिवेदन पेस गर्नेछ ।

Advertisement

समितिले अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवम् अन्य पूर्वाधारको अध्ययन गरी स्वास्थ्य सेवा समयमा नै एवम् गुणस्तरीय रूपमा प्रवाह गर्न सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*