सीजीले १९ वर्षमुनिकाे महिला क्रिकेट टोलीलाई पनि प्रायोजन गर्ने

नवयुग संवाददाता
२०८१, २८ जेष्ठ सोमबार १६:०६

Advertisement

काठमाडौं । सीजी फुड्स नेपाल लिमिटेडले १९ वर्षमुनिकाे महिला क्रिकेट टोली तथा समग्र नेपाली क्रिकेटकाे विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

Advertisement

सीजीले आज ललितपुरमा पत्रकार सम्मेलन गरी सहयोगबारेमा जानकारी गराएको हो । नेपालले सन् २०२७ को आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेट बङ्गलादेशसँग मिलेर आयोजना गर्दैछ । त्यही विश्वकपलाई ध्यान दिएर सहयोग गर्न लागेको सीजीले जनाएको छ ।

Advertisement

१९ वर्षमुनिको पुरुष क्रिकेट टोलीलाई प्रायोजन गर्दै आएको सीजीले १९ वर्षमुनिको महिला क्रिकेट टोलीको प्रायोजनबापत ३० लाख र अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ क्यानलाई सहयोग गर्नेछ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*