शेयर बजार झन्डै ९ अङ्कले बढ्याे, साढे ५ अर्ब रुपैयाँकाे काराेबार

नवयुग संवाददाता
२०८१, २८ जेष्ठ सोमबार १६:०८

Advertisement

काठमाडौं । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंकिङ, होटल, जीवन बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

Advertisement

आज कुथेली बुखारी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी र पिपुल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन जानकी फाइनान्स कम्पनीको शेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Advertisement

आज कारोबार रकम पनि बढेको छ । आज ३ सय १४ वटा कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ५ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*