मधेश प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

नवयुग संवाददाता
२०८१, २९ जेष्ठ मंगलवार ११:२१

Advertisement

जनकपुर। मधेश सरकारले  आज प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्।

Advertisement

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाएको प्रदेश सभाका प्रवक्ता तथा सचिव अरुणकुमार झाले बताए।

Advertisement

जेठ १५ गतै नै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै आएकोमा यो वर्ष १४ दिन ढिलो भएको हो।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*