मकवानपुरमा एक जना मृत भेटिए

नवयुग संवाददाता
२०८१, २९ जेष्ठ मंगलवार ११:२९

Advertisement

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं.३ दहचोकमा सोमबार एक जना मृत अवस्थामा भेटिएका छन् । पालुङ डाँडावासभित्री सडकखण्डको सडक छेउको नालामा स्थानीय बर्ष २८ को अनुज खत्री मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार उनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । उनी घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । स्थानीयहरुले देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटनास्थलको मुचुल्का पश्चात थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*