चर्चित गायिका अलका याग्निकलाई भाइरल संक्रमण, दुवै कानको सुन्ने क्षमता गुमाइन्

नवयुग संवाददाता
२०८१, ६ असार बुधबार ११:५३

Advertisement

काठमाडौं । ९० को दशकमा बलिउडका धेरै चर्चित र प्रतिष्ठित गीतहरूमा स्वर दिएकी गायिका अलका याग्निक दुर्लभ न्यूरो समस्याबाट ग्रस्त भएकी छिन् । सामाजिक सञ्जालमा यो जानकारी शेयर गर्दै अलकाले अहिले आफूले सुन्न नसक्ने बताइन् ।

Advertisement

भाइरल अट्याकपछि आफूलाई यो समस्या भएको अलकाले बताइन् । उनका अनुसार एक दिन फ्लाइटबाट बाहिर निस्कँदा उनलेले सुन्न नसक्ने महसुस गरेकी थिइन् । आफ्नो समस्याबारे जानकारी दिँदै अलकाले आफ्ना फ्यान र कलाकारलाई चर्को स्वरमा गीत संगीतबाट टाढा रहन सल्लाह दिइन् ।

Advertisement

अलकाले थप भनिन्, ‘मेरा डाक्टरहरूले उनलाई दुर्लभ सेन्सरी नर्भ श्रवणशक्तिमा समस्या भएको पत्ता लगाएका छन्, जुन भाइरल आक्रमणका कारण भएको हो। यो अचानक ठूलो धक्काले मलाई स्तब्ध बनायो। म यसलाई स्वीकार गर्ने प्रयास गर्दैछु ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*