तस्करीको लागि बसमा छुट्टै डिजाइन, ३ करोडको भेपसहित ५ जना पक्राउ

नवयुग संवाददाता
२०८१, ८ असार शुक्रबार १२:२४

Advertisement

मकवानपुर । गएराति जिल्ला प्रहरी कार्यालय मकवानपुरले भारी मात्रामा इलेक्ट्रीक चुरोट (भेप) सहित ५ जनालाई पक्राउ गरेको छ ।

Advertisement

काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जानका लागि आउँदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रुबहाक बसलाइ रोकेर चेकजाँच गर्ने क्रममा बस चालकसहित ५ जनालाई पक्राउ गरिएको हो ।

Advertisement

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलिले विशेष सुचनाका आधारमा हेटौैंडा उपमहानगरपालिका– ११ थानाभर्‍याङ स्थित यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा बसमा लुकाइछिपाई राखिएको करिब दुई करोड, ७१ लाख, २१ हजार ७ सय ८० रुपैँया रकम बराबरको ५८ कार्टुन भेप प्रहरीले फेला पारेको हो ।

Advertisement

पक्राउ पर्नेमा बस चालक दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. २ बस्ने २७ बर्षीय सलाम मोक्तान, सहचालक उदयपुर जिल्ला कटारी नगरपालिका वडा नं. ११ बस्ने २७ वर्षीय प्रबिन्द्र राना, धनकुटा बेलरा नगरपालिका वडा नं. १६ बस्ने २९ बर्षीय राजकुमार हिमाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ७ बस्ने ३९ बर्षीय ईन्द्र बहादुर जर्सी र सोहि स्थान बस्ने ३० वर्षीय सन्तोष भुषाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यसअघि पनि ३६ सिट क्षमता भएको बसमा २३ जना पेसेन्जर राखेर, काठमाडौं देखि भारतको दिल्लीसम्म लैजाने र पेसेन्जर बस्ने सिट माथि फल्स बटम बनाइ भन्सार छली लुकाई छिपाइ विभिन्न ब्राण्डका रक्सी, लागुऔषधहरु बोकेर आउने गरेको खुलासा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*