हेटौंडा–१५ रातोमाटेबाट लागुऔषध गाँजासहित एकजना पक्राउ

नवयुग संवाददाता
२०८१, ८ असार शुक्रबार १७:४३

Advertisement

मकवानपुर । मकवानपुर प्रहरीले ३ किलो ६० ग्राम लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

प्रकाउ पर्नेमा धनुषा जिल्ला लक्ष्मनिया गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षीय मोहम्द मुस्ताक राईन रहेको प्रहरीले जनाएको छ ।

Advertisement

हिजो (बिहिवार) दिउँसो १२ बजेर ३० मिनेटको समयमा हेटौंडा–१५ प्रहरीचौकि रातोमाटे चेकपोष्टबाट खटिएको प्रहरी टोलिले हेटौंडाबाट विरगंजतर्फ जाँदै गरेको का. ७ ख १०५२ नम्बरको यात्रुबाहक बसमा चेकजाचँ गर्ने क्रममा बसमा सवार यात्रु राईनको साथबाट प्रहरीले उक्त लागुऔषध फेला पारेको हो ।

Advertisement

प्रहरीका अनुसार उनले आफुसँग राखेको झोलाभित्र उक्त लागुऔषध लुकाएर ल्याएका थिए ।

लागुऔषधसहित प्रकाउ परेका राईनमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*