निकुञ्जमा सेना र शिकारीबीच मुठभेड, हेटौंडा–१४ का तितुङको मृत्यु

नवयुग संवाददाता
२०८१, ८ असार शुक्रबार १९:०४

Advertisement

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्जभित्र सेनाको गोली लागेर हेटौंडाका एकजनाको मृत्यु भएको छ । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना र शिकारीबीचको मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ। गस्तीमा रहेको सेनाले चलाएको गोली लागेर हेटौंडा उपमहानगरपालिका–१४ बनेलधापका अन्दाजी ५४ वर्षीय शुक्रबहादुर तितुङको ज्यान गएको हो ।

Advertisement

सेनाको टोली र शिकारीको समूहबीच निकुञ्ज क्षेत्रभित्र भुठभेड हुँदा गोली चलेको बुझिएको छ। सेनाले गोली चलाएपछि अन्य फरार भएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ । निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले घटनाको पुष्टि गर्दै थप विवरण आउन बाँकी रहेको बताए ‘घटना भएको हो, अहिले अरू विवरण आउन बाँकी छ’, उनले भने ‘हामीले त्यसैमा लागिरहेका छौं।’ घटनास्थलमा हातहतियारसहितको केही झोला भेटिएको उनले जानकारी दिए ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*