पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि अन्तरक्रिया

नवयुग संवाददाता
२०८१, १४ असार बिहीबार १२:५७

Advertisement

मकवानपुर । राष्ट्रिय स्वास्थ्य, शिक्षा सुचना तथा सञ्चार केन्द्र काठमाडौं र सञ्जीवनी हेल्थ मिडियाको सयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

Advertisement

विहिबार हेटौंडाका सञ्चारकर्मीहरुसँग पाठेघर र स्तन क्यान्सर सम्बन्धि नेपाल सरकारको निती तथा कार्यक्रमहरु, यसको अवस्था र रोग नियन्त्रण तथा रोकथामको विषयमा रहेर अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

Advertisement

कार्यक्रममा पाठेघर रोग सम्बन्धि डाक्टर सजना सातक, बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्ट, स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख रामेश्वर गेलालले प्रतुतिकरण गरेका थिए ।

Advertisement

स्तन पाठेघरको क्यान्सर रोगको पहिचान गर्न बागमती प्रदेश सरकारले अस्पताल, वडा र विभिन्न स्वास्थ्य शिविर सञ्चालन गरि ‘स्क्रिनिङ’ विधिबाट निःशुल्क जाचँ गरिरहेको छ ।

डाक्टर सजनाका अनुसार क्यान्सर रोग समयमै चेकजाँच गराउन गए सजिलै पत्ता लाग्ने रोग हो । यौन सम्पर्कमा रहेका हरेक महिलाहरुले पाठेघर सम्बन्धि जाँच गराएमा रोग पत्ता लगाई समयमै रोमथाम गर्न सकिन्छ।

‘पाठेघरको क्यान्सरको लक्षण अन्तिम अवस्थामा पुगेपछि मात्र देखिन्छ । योनिबाट गन्हाउने पानी बग्ने, महिनावारी बाहेक पनि योनिबाट रक्तस्राव हुने, यौन सम्पर्कको समयमा असहज हुने, कम्मर दुख्ने यसका प्रमुख लक्षणहरु हुन’ उनले बताईन् ।

सन् २०२२ को तथ्याकंलाई हेर्दा नेपालमा सबैभन्दा पहिले फोक्सोको क्यान्सर, दोस्रोमा स्तन र तेस्रोमा पाठेघरको मुखको क्यान्सर देखिएको छ ।

सरकारको अध्ययन अनुसार नेपालमा प्रत्येक बर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका बिरामीहरु थपिने गरेका छन्।

पाठेघरको मुखको क्यान्सर ह्यूमन प्यापिलोमा भाईरस संक्रमणको कारणले हुन्छ र त्यो संक्रमणबाट क्यान्सरमा परिणत हुन करिब १०-२० वर्ष लाग्दछ ।

पाठेघरको मुखको क्यान्सरलाई हदैसम्म न्युनीकरण गर्ने उदेश्यले नेपाल सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने गरेको छ । जसमा चौध देखि पन्ध्र वर्ष उमेरका किशोरीहरूलाई सातै प्रदेशमा एचपीभी खोप दिइएको छ ।

प्रजनन उमेरका महिलालाई क्यान्सर भइसकेको भए तापनि पहिलो चरणमा नै पत्ता लगाउन सकियो भने क्यान्सरको पूरा उपचार गर्न सकिन्छ।

यी सबै कुरालाई मध्यनजर गरी धेरै प्रकारका स्क्रिनिङलगायत उपचारका पद्धतिहरु नेपालका सरकारी तथा गैरसरकारी संस्थाहरुमा चलिरहेका छन्। ३० वर्षको उमेर कटिसकेपछि एच.पी. भि , डि.एन.ए निःशुल्क परिक्षण मार्फत पनि यस रोगको पहिचान समयमै गर्न सकिन्छ ।

बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हाल नेपालमा पाठेघरको मुखको क्यान्सर हरेक वर्ष ३ हजार भन्दा माथि नयाँ केस छ भने त्यसबाट मृत्यु हुनेको संख्या लगभग १ हजार ८ सय देखिएको छ।

यसको बारेमा सबै महिलाहरुलाई जानकारी हुनु आवश्यक छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*