नेप्सेमा दोहोरो अंकको गिरावट

नवयुग संवाददाता
२०८१, १७ असार आईतवार १६:४७

Advertisement

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८३ अङ्कले घटेर दुई हजार ३७. ०९ विन्दुमा कायम भएको छ ।

Advertisement

आज विभिन्न ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर ५० हजार ९५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Advertisement

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य ७. ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५. ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९. ३० प्रतिशतले घटेको छ ।

Advertisement

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार १५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार २१० कित्ता शेयर कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*